Techie IT
१० कात्तिक २०७८, बुधबार

गणपति लघुवित्तको दोस्रो त्रैमासिक नाफा दुई करोड ९५ लाख


काठमाडौं  ।
गणपति लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा दुई करोड ९५ लाख ६३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा एक करोड ६६ लाख १२ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १२ करोड ७३ लाख ५६ हजार रुपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको दोेस्रो त्रैमासिक अवधिमा ३९ करोड ३० लाख ४१ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ५४ करोड २५ लाख ५३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा छ करोड ३६ लाख ४५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ४१ लाख ९८ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ६६ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा संस्थाले २८ करोड ८२ लाख ५७ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब नौ करोड ८७ लाख ४९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । सो अवधिमा चार करोड ३७ लाख आठ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ४८ लाख ९२ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ५९ प्रतिशत रहेको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्