Techie IT
१० कात्तिक २०७८, बुधबार

सामुदायिक लघुवित्तको दोस्रो त्रैमासिक नाफा ४५ लाख ९३ हजार


काठमाडौं  ।
सामुदायिक लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ४५ लाख ९३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा एक करोड ३६ लाख रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी १३ करोड २० लाख रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा ४७ करोड १५ लाख ५६ हजार रुपैैयाँ निक्षेप संकलन गरी एक अर्ब २१ करोड ९८ लाख ८२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा पाँच करोड ३३ लाख चार हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन करोड ६१ लाख ६० हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात नौ दशमलव २९ प्रतिशत रहेको थियो । गत आवको सोही अवधिमा भने संस्थाले ३९ करोड ५७ लाख ४६ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब दुई करोड ९० लाख ८१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

उक्त अवधिमा चार करोड १८ लाख १७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ५० लाख ४४ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव १७ प्रतिशत रहेको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्