Techie IT
३० असोज २०७८, शनिबार

बैंक अफ काठमाण्डूका ग्राहकहरूलाई यमयम क्याफेमा छुट


काठमाडौं ।
बैंक अफ काठमाण्डूका ग्राहकहरूले यम यम क्याफेमा छुुट पाउने भएका छन् । बैंक र यमयम क्याफेबीच बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा बैंकको ग्राहकहरूलाई आठ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो । यस सम्झौतापश्चात् ग्राहकहरूले यमयम क्याफेको सेवाहरू उपभोगबापत बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मूल्यको आठ प्रतिशत छुट पाउनेछन् ।

यमयम क्याफेले ललितपुर जिल्लाको झम्सीखेलबाट सेवाग्राहीहरूलाई गुणस्तरीय सेवा तथा सुविधाहरू प्रदान गर्दै आइरहेको छ । उक्त सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमरराज भण्डारी र यमयम क्याफेका निर्देशक मौसमी श्रेष्ठले हस्ताक्षर गरेका हुुन् । बैंकले हाल ९० शाखा कार्यालयहरू, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्