Techie IT
आईतबार, कात्तिक ९,२०७७

जनकल्याण कर्णालीको उत्कृष्ट सहकारी घोषित


काठमाडौं, भाद्र २

जनकल्याण बचत तथा ऋण सहकारी संस्था यस वर्ष कर्णाली प्रदेशकै उत्कृष्ट घोषित भएको छ ।

सुर्खेतको वीरेन्द्रनगर–१ स्थित उक्त सहकारी संस्थालाई नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कून) ले उत्कृष्ट घोषणा गरेको हो ।

नेफ्स्कूनले हरेक वर्ष विभिन्न विधामा उत्कृष्ट हुने सहकारीलाई पुरस्कृत गर्दै आएको छ । आफ्नो ३३ औँ स्थापना दिवसका अवसरमा यसपटक यस संस्थालाई उत्कृष्ट घोषणा गरेको हो ।

गत वर्ष जिल्लाको उत्कृष्ट घोषणा भएको जनकल्याण यस वर्ष भने प्रदेशस्तरमै उत्कृष्ट हुन सफल भएको हो । विसं २०५२ मा स्थापना भएको जनकल्याणले निरन्तर रूपमा वित्तीय सेवा प्रवाह गर्दै आएको छ । संस्थाका दुई हजारभन्दा बढी सदस्य तथा कूल पूँजी रु १६ करोड रहेको राससले जनाएको छ ।

संस्थाका व्यवस्थापक खुमलाल न्यौपानेले सहकारी संस्थाको समग्र वृत्ति–विकास र सदस्य केन्द्रित सेवाले नै उत्कृष्ट भएको बताए । उनका अनुसार संस्थाले वित्तीय सेवाका अतिरिक्त एसएमएस, मोबाइल बैंकिङ र रेमिट्यान्स सेवासमेत उपलब्ध गराउँदै आएको छ ।


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्