नबिल बैंकद्वारा कोरोना भाइरस उपचार कोषलाई छ करोड सहयोग

काठमाडौं, भदौ १
नबिल बैंकले नेपाल सरकारको कोरोना भाइरस उपचार कोषलाई छ करोड रूपैयाँको सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नेपाल सरकारको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि खडा गरिएको कोषमा छ करोड रूपैयाँ हस्तान्तरण गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले सो रकमको चेक अर्थमन्त्री युवराज खतिवडालाई आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा हस्तान्तरण गरेका हुुन् । उक्त कार्यक्रममा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वका संयोजक श्री निर्वाण चौधरीको पनि उपस्थिति रहेको थियो ।
उक्त समारोहमा शाहले भने, ‘नबिल बैंकले नेपालमा कोरोना भाइरस महामारीका प्रभावविरुद्ध लड्न नेपाल सरकारको प्रयासमा योगदान पु¥याउन पाउनु ठूलो सम्मान हो । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोष नेपालभरि आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्ने नबिल कर्मचारीहरूको प्रयासबाट उत्पन्न भएको हो र यो अनुदान प्रत्येक नबिलियनको समर्पणको परिणाम हो ।’ (आर्थिक दैनिकबाट)
क्याटेगोरी : कर्पोरेट/वित्त
तपाईको कमेन्ट लेख्नुहोस्