Techie IT
आईतबार, कात्तिक ९,२०७७

निर्धन उत्थानद्वारा कोरोना रोकथाम कोषमा रकम सहयोग


काठमाडौं, भदौ १
निर्धन उत्थान लघुुवित्त वित्तीय संस्थाले सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा रकम सहयोग गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत रकम सहयोग गरेको जानकारी दिएको छ ।

देशको सातै प्रदेश ७७ वटै जिल्लामा एक सय ८१ शाखा कार्यालय स्थापना गरी ग्रामीण क्षेत्रमा प्रभावकारीरूपले वित्तीय तथा गैरवित्तीय सेवा प्रदान गरिरहेको संस्थाले कोभिड १९ को संक्रमण बढिरहेको यस आपत्कालीन अवस्थामा कोराना भाइरसबाट संक्रमित नागरिकहरूको जिउधनको सुरक्षा गर्न सहयोग पु-याउनको लागि नेपाल सरकारद्वारा स्थापित कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सहयोग स्वरूप एक करोड तीन लाख ५८ हजार चार सय ४९ रुपैयाँ जम्मा गरेको छ ।

यसरी प्रदान गरिएको रकमबाट कोराना भाइरसबाट संक्रमित व्यक्तिले समयमा नै सरल र सहजरूपमा उपचार पाई जिउधनको सुरक्षा हुनुका साथै कोरोना भाइरस संक्रमण रोेकथाम तथा उपचारका लागि ठूलो सघाउ पुग्ने संस्थाले विश्वास लिएको छ ।

त्यसैगरी, संस्थाले नेपाल सरकार, प्रदेश सरकारहरूले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सहयोगस्वरूप प्रत्येक प्रदेशलाई समान चार लाखका दरले कुल रकम २८ लाख यसअघि नै जम्मा गरिसकेकोे साथै कोरोना भाइरस महामारीको प्रतिकूल अवस्थाका कारण ग्राहक सदस्यहरूको परियोजना आशिंकरूपमा बन्द भएकोले त्यस्ता ग्राहक सदस्यहरूलाई आव २०७६/७७ मा दुुई करोड नौ लाख २९ हजार सात सय रुपैयाँ व्यवसाय पुनस्र्थापनाको लागि राहत/अनुदान प्र्रदान गरेको समेत संस्थाले जनाएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्