Techie IT
शनिबार, असोज १०,२०७७

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा बज्राचार्य


काठमाडौं, भदौ १
ग्लोबल आईएमई बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको यही साउन ३० गते शुक्रबार बसेको बैठकले बज्राचार्यलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त गर्ने निर्णय गरेको हो । चार दशकभन्दा बढी समय बैंकिङ क्षेत्रमा रहेका बज्राचार्यले यसअघि एक कार्यकाल ग्लोबल आईएमई बैंकमा प्रमुख कार्यकारी अधिकृतको रूपमा सेवा गरिसकेका छन् ।

नेपाल राष्ट्र बैंकबाट आफ्नो बैंकिङ करियर सुरु गरेका बज्राचार्यको बैंक तथा वित्तीय संस्थाहरूको मर्जर तथा मर्जरपछिको व्यवस्थापनमा राम्रो अनुभव रहेको छ । वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट बज्राचार्यले यसअघि एनसीसी बैंक र सनराइज बैंकमा पनि प्रमुख कार्यकारी अधिकृतको रूपमा नेतृत्व गरिसकेका छन् । उनले यही भदौ एक गतेदेखि ग्लोबल आईएमई बैंकमा प्रमुख कार्यकारी अधिकृतको रूपमा पदबहाली गर्नेछन् । गत मंसिर २०, २०७६ देखि ग्लोबल आईएमई बैंकमा जनता बैंक गाभिई एकीकृत कारोबार सुरु भएपछि ग्लोबल आईएमई बैंक अधिकांश सूचकमा देशकै सबैभन्दा ठूलो बैंक बनेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्