Techie IT
बिहीबार, कात्तिक ६,२०७७

सिन्धुु विकास बैंकको नाफा एक करोड ६६ लाख


काठमाडौं, भदौ १
सिन्धुु विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा एक करोड ६६ लाख ७१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा चार करोड ३५ लाख ५३ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ५५ करोड ७४ लाख ५६ हजार रुपैयाँ रहेको बैंकले गत आवको चौथौ त्रैमासिक अवधिमा दुुई अर्ब सात करोड ४३ लाख ३६ हजार रुपैयाँ निक्षेप संकलन गरी दुुई अर्ब ११ करोड ८४ लाख ७६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १४ करोड ४३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ७१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

यस अवधिमा पाँच दशमलव ७४ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने ५५ लाख ८६ हजार रुपैयाँले ऋणात्मक रहेको छ । अघिल्लो आवको सोही अवधिमा भने बैंकले दुुई अर्ब ६१ करोड ६२ लाख ३० हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ४८ करोड ९० लाख ४९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १३ करोड ७२ लाख ८७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ६३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर छ दशमलव पाँच प्रतिशत रहेको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्