Techie IT
बुधबार, मंसीर १०,२०७७

सिभिल लघुुवित्तद्वारा कोरोना रोकथाम कोषमा रकम सहयोग


काठमाडौं, भदौ १
सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोना रोकथाम कोषमा योगदान गरेको छ । संस्थाले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको नाममा राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा तीन लाख २९ हजार सात सय ५१ रुपैयाँ जम्मा गरी सहयोग गरेको हो । कोरोना रोकथाम तथा नियन्त्रणको लागि संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको कोषमा २०७७ साल असार मसान्तसम्ममा जम्मा भएको उल्लिखित रकम सहयोग गरेको हो । संस्थाले प्रदान गरेको उल्लिखित रकमले कोभिड १९ संक्रमणको महामारी नियन्त्रण र संक्रमितहरूको उपचारमा थोरै भएपनि सहयोग पुग्ने विश्वास संस्थाले राखेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्