Techie IT
शुक्रबार, असोज ९,२०७७

लाइभ स्मार्ट मोटरसाइकल सार्वजनिक


काठमाडौं, भदौ १
अन्तर्राष्ट्रिय अटोमोबाइल कम्पनी टीभीएस मोटरको २ र ३ चक्के सवारीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले स्मार्ट कनेक्ट र एबीएससहितको आफ्नो दुई सय सीसीको नयाँ मोडल सार्वजनिक गर्ने भएको छ ।

मोटरसाइकलमा भएका स्मार्ट सुविधा र महामारीको वर्तमान परिस्थितिलाई मध्यनजर राख्दै कम्पनीले उक्त मोटरसाइकल नेपालमै प्रथमपटक लाइभ स्मार्ट लन्चमार्फत सोमबार सार्वजनिक गर्नलागेको हो । सो कार्यक्रम जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेज लगायत अन्य एक सयभन्दा ज्यादा चर्चित फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिने बताइएको छ ।

उक्त लाइभ स्मार्ट लन्च कार्यक्रममा नयाँ मोटरसाइकलको अनावरण राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले गर्ने भएका छन् । नयाँ मोटरसाइकल अनावरणबाहेक उक्त कार्यक्रममा चर्चित कलाकार स्वप्न सुमन, तृष्णा गुरुङ र समृद्धि राईले सांगीतिक प्रस्तुति समेत प्रदान गर्नेछन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्