Techie IT
सोमबार, फागुन २४,२०७७

ग्लोबल आइएमई बैंकद्वारा ललितपुरको नख्खु क्षेत्रमा क्यूआर मार्फत नगद रहित कारोबार प्रवर्द्धन कार्यक्रम आयोजना


ललितपुर ।
ग्लोबल आइएमई बैंक लिमिटेडले नगद रहित कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले ललितपुर जिल्लाको नख्खु बजार क्षेत्रमा क्यूआर कोडमार्फत नगद रहित भुक्तानी प्रवर्द्धन कार्यक्रमको आयोजना गरेको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार नख्खु क्षेत्रमा रहेका विभिन्न खुद्रा पसलहरुमा क्यूआर कोडमार्फत नगद रहित भुक्तानी प्रवर्द्धन कार्यक्रमको उद्घाटन गरेका हुन् । नगद रहित कारोवार प्रवर्द्धन तथा वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यले बैंकले क्यूआर कोडमार्फत हुने विद्युतीय कारोबार प्रवर्द्धन कार्यक्रमको आयोजना गरेको छ ।

बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न किसिमका नगद रहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहनका कार्यक्रमहरु गर्ने र यस किसिमका विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्न थप कार्यक्रमहरु आयोजना गर्ने जनाएको छ । साथै बैंकले क्यूआर मर्चेन्टहरुलाई विद्युतीय भुक्तानीसम्बन्धी चेतनामुलक अनलाइन तालिमको सुरुवात पनि गरेको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु-याउने उद्देश्यले बैंकले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

बैंकले २६४ वटा शाखा, ४७ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २४० एटिएम, २४४ शाखारहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय (अष्ट्रेलिया, बेलायत र भारत) मार्फत आफ्ना २२ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्