Techie IT
सोमबार, फागुन २४,२०७७

मेगा बैंकले इन्जिनियरहरूलाई विशेष सुविधा दिने


काठमाडौं ।
मेगा बैंक नेपाल लिमिटेडले नेपाल इन्जिनियर्स एसोसिएसनमा आबद्ध इन्जिनियरहरूलाई विशेष सुविधा दिने भएको छ । बैंकका प्रमुुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र नेपाल इन्जिनियर्स एसोसियसनका अध्यक्ष इन्जिनियर प्राडा त्रिरत्न बज्राचार्यले इन्जिनियहरूलाई सुविधा दिने विषयमा सम्झौता भएको हो ।

सम्झौताअनुसार इन्जिनियर्स एसोसियसनमा आबद्ध सदस्यहरूले मेगा प्रोफेसनल बचत खाता खोल्न सक्नेछन् । खाता खोल्दा १० लाख रुपैयाँसम्मको दुर्घटना बीमाको व्यवस्था गरिएको छ । यसैगरी, इन्जिनियरहरूको पेसालाई सम्मान गर्दै विनाधितो १५ लाख रुपैयाँसम्म मेगा प्रोफेसनल लोन सुविधाका साथै अन्य विभिन्न सुविधाहरूको व्यवस्था गरिएको बैंकले जनाएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्