Techie IT
आईतबार, मंसीर २१,२०७७

सनराइज बैंकद्वारा कोरोना कोषमा सहयोग


काठमाडौं, साउन ३२
सनराइज बैंक लिमिटेडले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा रकम सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सरकारलाई ७९ लाख ४४ हजार चार सय ७६ रुपैयाँबराबरको रकम सहयोग गरेको हो ।

उक्त रकम शुुत्रक्रबार आयोजित एक समारोहका बीच बैंकका सञ्चालक समितिका सदस्य श्रीमती शारदा शर्मा पुडासैनीले अर्थमन्त्री डा. युवराज खतिवडालाई हस्तान्तरण गरेकी हुुन् । सोही समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र नायब महाप्रबन्धक आरती राज्यलक्ष्मी राणाको पनि उपस्थिति रहेको थियो । प्रदान गरिएको रकमबाट कोरोना संक्रमण रोेकथाम तथा उपचारका लागि सहयोग पुग्ने बैंकको विश्वास छ ।

सो अवसरमा अर्थमन्त्री डा. खतिवडाले बैंकलाई धन्यवाद दिँदै बैंकले प्रदान गरेको उक्त सहयोग संस्थागत सामाजिक उत्तरदायित्वको प्रशंसनीय उदाहरण भएको बताउँदै प्राप्त रकम सरकारले कोरोना रोकथाम एवं नियन्त्रणको काममा सदुपयोग गर्ने बताए । सनराइज बैंकले यसअघि पनि देशका विभिन्न प्रदेश सरकार तथा स्थानीय तह, अस्पतालहरूलाई कोरोनासँग लड्न अति आवश्यक सामग्रीहरू हस्तान्तरण गरेको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्