सेयर बजार परिसुचक २२ सय ८६ अंकमा
१८ दसमलव ८१ अंकले बढ्दा पाँच अर्ब ९१ करोडको कारोवार

काठमाडौ ।
सेयर बजार परिसुचक उकालो लागेको छ । साताको चौथो कारोवार दिन आज बुधबार बजार परिसुचक १८ दसमलव ८१ अंकले उकालो लागेर २२ सय ८६ दसमलव ५४ अंकमा पुगेको छ । क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव ९७ अंकले उकालो लागेर चार सय ३५ दसमलव २५ अंकमा पुगेको छ ।
आज १२ वटा उपसमुह अन्तर्गत दुई सय सात वटा कम्पनीहरुको कारोवार भएकाछन । जसबाट ५० हजार नौ सय ५० वटा कम्पनीहरुको एक करोड ३२ लाख ८९ हजार आठ सय ४९ कित्ता सेयर किनबेच भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम पाँच अर्ब ९१ करोड ४३ लाख ८९ हजार दुई सय ६१ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यसदिन कारोवार भएका कुल उपसमुह मध्ये बाँणिज्य बैंक र होटल समुहको सुचक घटेकाछन भने बिकास बैंक, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा सहितका १० वटा समुहको सुचक बढेकाछन ।
क्याटेगोरी : कर्पोरेट/वित्त
तपाईको कमेन्ट लेख्नुहोस्