Techie IT
शुक्रबार, माघ २,२०७७

नेपाल एसबिआई बैंकको वार्षिक साधारणसभा


काठमाडौँ ।
नेपाल एसबिआई बैंकले २७औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकले मंगलबार त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौँंमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभाले बैंकको आव २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आसार मसान्त २०७७ को वासलात, आव २०७६–०७७ को नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरू समेत) पारित गरेको छ ।

सभाले बैंकका सेयरधनीहरूलाई चुक्ता पुँजीमा नौ दसमालव ४७ प्रतिशतका दरले लाभांश (छ प्रतिशत बोनस सेयर र तीन दशमलव ४७ प्रतिशत) नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । सभाले बैंकको सहायक कम्पनी ‘नेपाल एसबिआई मर्चेण्ट बैकिङ लि.’ को आव २०७६/७७ को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।

सभाले आव २०७७/७८ मा बैंकको लेखापरीक्षण गर्नका लागि मेसर्स एसएआर एसोयिसट्स्, चाटर्ड एकाउन्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ । साथै, उक्त सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीका विविध दफा÷नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

सभाले बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरू गाभ्ने तथा गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्नेलगायत बैंक तथा वित्तीय संस्थाहरू गाभ्ने तथा गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने तथा गराउने सम्बन्धमा आवश्यक कामहरू गर्न तथा गराउन सक्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्