Techie IT
१९ मंसीर २०७८, आईतबार

लक्ष्मी बैंक र थुलुङ दुधकोशी गाउँपालिकाबीच सम्झौता


काठमाडौं ।
लक्ष्मी बैंक र थुलुङ दुधकोशी गाउँपालिकाबीच सम्झौता भएको छ । बैंकले सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामा सहुलियतपूर्ण कर्जा प्रवाह गर्नका लागि गाउँपालिकासँग सम्झौता सम्पन्न गरेको जानकारी दिएको छ ।

बैंकका अनुसार सम्झौताअन्तर्गत उक्त गाउँपालिकाको सहजीकरण एवं सिफारिसमा स्थानीय उद्यमी, सहकारीलगायत अन्य संघसंस्थाहरूले बैंकबाट सहुलियतदरमा कर्जा प्राप्त गर्न सक्नेछन् । एक कार्यक्रमबीच लक्ष्मी बैंकका रिटेल फाइनान्सियल सर्भिसका प्रमुख दिपेश अमात्य तथा थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुुन् ।

सो कार्यक्रममा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले गाउँपालिकाहरूमा कृषि तथा पर्यटन लगायत सम्भाव्यता बोकेका क्षेत्रहरूमा कर्जा लगानी गर्न बैंक तत्पर रहेको धारणा व्यक्त गरे । यस सम्झौताले स्वरोजगार तथा उद्यमशीलता विकास गरी आर्थिकरूपमा सबल गाउँपालिका निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरेको जानकारी पनि बैंकले दिएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्