Techie IT
१९ मंसीर २०७८, आईतबार

तीन दसमलव सात अंकले उक्लियो सेयर बजार


काठमाडौ ।
सेयर बजार परिसुचक पुन उकालो लागेको छ । अघिल्लो दिन उच्च अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको दोस्रो कारोवार दिन आज सोमबार पनि तीन दसमलव सात अंकले उकालो लागेर २२ सय ३९ दसमलव ४२ अंकमा चढेको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ९६ अंंकले उकालो लागेर चार सय २९ दसमलव ३९ अंकमा चढेको छ । आज कुुल १२ वटा उपसमुह अन्तर्गत दुई सय आठ वटा कम्पनीहरुको सेयर किनबेच भएकाछन । जसबाट ४८ हजार ५३ पटकको सेयर कारोवारमा एक करोड ३५ लाख ६० हजार सात सय ८३ कित्ता सेयर किनबेच भएकाछन । यसबाट कुल पाँच अर्ब ५२ करोड ४८ लाख ३२ हजार नौ सय २३ रुपैयाँको सेयर कारोवार भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुह मध्ये सात वटा उपसमुहको सुचक उकालो लागेकाछन भने पाँच वटा उपसमुहको सुचक ओरालो लागेकाछन । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, जलबिद्युुत, फाईनान्स र सामुहिक लगानी कोष समुहको सुचकहरु बढेकाछन भने ट्रेडिङ, होटल, उत्पादनमुलक, अन्य र लघुबित्त समुहको सुचकहरु घटेकाछन ।


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्