Techie IT
१९ साउन २०७८, मंगलबार

एभरेष्ट इन्स्योरेन्सको नाफा १९ करोड ३१ लाख


काठमाडौं, साउन ३०
एभरेष्ट इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा १९ करोड ३१ लाख ३९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा चार करोड एक लाख १० हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी एक अर्ब नौ करोड ५९ लाख ३० हजार रुपैयाँ रहेको कम्पनीको गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा प्रतिसेयर आम्दानी १७ रुपैयाँ ६२ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय ५५ रुपैयाँ रहेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्