Techie IT
आईतबार, असोज ४,२०७७

सिटी एक्सप्रेस र इन्जाज साउदीद्वारा विजेताहरूको नाम घोषणा


काठमाडौं, साउन २९
सिटी एक्सप्रेस र इन्जाज साउदीले उपहारविजेताहरूको नाम घोषणा गरेको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो साउदीस्थित सेवाग्राहीहरूलाई लक्षित गर्दै साउदीकै इन्जाज बैंक अल बिलादसँगको सहकार्यमा हरेक कारोबारमा आकर्षक उपहार योजना ल्याएको थियो ।

सो योजना जनवरी ३०,२०२० देखि अप्रिल ३०,२०२० (३ महिना) सम्म चलेको थियो । जसअन्तर्गत योजना अवधि भर ४५ जना विजेताहरूले सिटी म्याक्स सपिङ भौचर, २४ जनाले ५ ग्राम सुनका सिक्का र अन्त्यमा ६ जना भाग्यशाली विजेताहरूले हवाइ टिकट जित्न सक्ने योजनामा रहेको थियो । सोही योजनाअनुरूप साउदीमा कार्यरत विकास थडराई, गोविन्द नेपाली, पूर्णबहादुर रिमाल, होमराज सापकोटा र किस्मत सार्कीले बम्पर उपहारस्वरूप हवाइ टिकट जित्न सफल भएका छन् । यस कोभिड १९ महामारीको कारणले हवाइ टिकटको सट्टामा विजेताहरूले दुुई हजार साउदी रियालप्राप्त गरेको छन् ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचा नबनाउँदै विगत १४ वर्षदेखि कोरिया, जापान, साउदी, कतार, कुवेत, मलेसिया, अष्ट्रेलिया, आदि थुप्रै देशहरूमार्फत विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेको आठ हजार पाँच सयभन्दा बढी भुक्तानी केन्द्रहरूमार्फत छिटो, सहज र सुरक्षिततरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिनेजस्ता सुविधाहरू प्रदान गर्दै आइरहेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्