Techie IT
७ असार २०७८, सोमबार

ग्लोबल आईएमई बैंकको नयाँ शाखा कपनमा


काठमाडौं, साउन २९
ग्लोबल आईएमई बैंक लिमिटेडले काठमाडौँको कपनमा पनि शाखा खोलेको छ । बैंकले बुुधबार काठमाडौँं जिल्लाको बुढानीलकण्ठ नगरपालिका वडा नं. १०, कपनमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा कार्यालयहरूको संख्या दुई सय ५९ पुगेको छ ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यका साथ ७१ वटा जिल्लामा फैलिएको दुुई सय ५९ शाखा सञ्जालसहित दुुई सय ३५ एटीएम, ४० एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर, दुुई सय १८ शाखारहित बैंकिङ सेवा र तीनवटा अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत सेवा प्रदान गरेको छ । सबैका लागि बैंक भन्ने नारालाई सार्थकता दिँदै बैंकले २० लाखभन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्