Techie IT
३० जेठ २०७८, आईतबार

जगदम्बा सिमेन्टद्वारा विपन्न विद्यार्थीको शिक्षामा सहयोग


काठमाडौं ।
जगदम्बा सिमेन्टले शिक्षाबाट वञ्चित रहेका सिरहाका ३० जना विपन्न विद्यार्थीहरुको शैक्षिक विकासका लागि होस्टे हैँसे नामक संस्थासँग सहकार्य गर्दै छात्रवृत्ति प्रदान गरेको छ । कम्पनीले जगदम्बा योगदानअन्तर्गत रहेर उक्त छात्रवृत्ति प्रदान गरेको हो । कम्पनीले यस पनि सद्भाव छात्रवृत्तिअन्तर्गत एक सय जनाभन्दा बढी विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको थियो । जगदम्बा सिमेन्टका तर्फबाट कम्पनीका लेखा प्रमुख सुनिल खेतानले सम्झौता पत्रमा हस्ताक्षर गर्दै चेक हस्तान्तरण गरेका थिए । कम्पनीका वरिष्ठ ब्राण्ड प्रबन्धक जगन्नाथ दाहालले कम्पनीले आगामी दिनहरुमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता समेत व्यक्त गरे ।

जगदम्बा सिमेन्ट नेपालको सर्वाधिक रुचाइएको ब्राण्ड हो । यो कम्पनीले नेपालमा पीएससी, पीपीसी र ओपीसी सिमेन्टहरु उत्पादन तथा बिक्रीवितरण गर्दै आइरहेको छ । आफूलाई सिमेन्टको बिक्रीवितरणमा मात्र सीमित नराखी जगदम्बा सिमेन्टले विभिन्न उपभोक्तामुखी सामाजिक उत्तरदायित्वका कामहरु गर्दै आइरहेको छ । कम्पनीले जगदम्बा सचेतना अभियान, जगदम्बा विशेष, जगदम्बा जागरण, जगदम्बा आरोहणलगायतका उपभोक्तामुखी योजनाहरु सञ्चालन गर्दै आइरहेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्