Techie IT
८ असार २०७८, मंगलबार

नेपाल इन्स्योरेन्सको कमायो पाँच करोड ४५ लाख


काठमाडौं ।
नेपाल इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा पाँच करोड ४५ लाख ४४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा चार करोड ९१ लाख ४१ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी एक अर्ब १५ करोड तीन लाख १३ हजार रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ९१ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय ७३ रुपैयाँ ४७ पैसा रहेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्