Techie IT
१० असार २०७८, बिहीबार

नेपाल विज्ञापन संघ शान्तिनगरमा एड लाइब्रेरी पुस्तकालयको शुभारम्भ


काठमाडौं ।
नेपाल विज्ञापन संघ (आन)को भगिनी संस्था एड क्लब अफ नेपालले एक भर्चुअल कार्यक्रममार्फत आनको कार्यालय परिसरभित्र विज्ञापन पुस्तकालयको उद्घाटन गरेको छ । एड क्लब अफ नेपाल विज्ञापन तथा मार्केटिङ क्षेत्रमा लागेका करियर बनाएका उत्साही युवाहरुको क्लब हो । जसको उद्देश्य नेटवर्किङ, मनिटरिङ, प्रशिक्षणको माध्यमबाट सिर्जनशीलताको अभिवृद्धि गर्दै देशमा विज्ञापन तथा मार्केटिङसम्बन्धी ज्ञान बाँड्ने हो ।

क्लबले विज्ञापन तथा मार्केटिङसँग सम्बन्धित कर्पोरेट सेक्टर, मिडिया सेक्टर उत्पादन सेक्टरमा प्रत्यक्ष तथा अप्रत्यक्ष लागेका मानिसहरुलाई एकै थलोमा ल्याई विज्ञापन, ब्रान्डिङ, मार्केटिङसम्बन्धी ज्ञानको अभिवृद्धि गर्ने कार्य गर्दछ । विज्ञापन पुस्तकालयको उद्घाटन गर्दै आनका अध्यक्ष रवीन्द्र कुमार रिजाल शशीले देशमा विज्ञापन तथा मार्केटिङसँग सम्बन्धित सृजनात्मक ज्ञानको पहुँच विभिन्न पेशाकर्मी, विद्यार्थी तथा यससम्बन्धी जिज्ञासा राख्ने सम्पूर्णमा गराउन पुस्तकालय सहयोगी हुने बताए । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्