Techie IT
शुक्रबार, असोज ९,२०७७

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई विभिन्न सेवामा छुुट


काठमाडौं, साउन २८
मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले विभिन्न सेवामा छुुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरूलाई अझ उत्कृष्ट सेवा प्रदान गर्नका लागि विभिन्न व्यावसायिक संस्थाहरूसंग विशेष छुट प्रदान गर्नेगरी सम्झौता गरेपश्चात् ग्राहकहरूले उक्त छुट पाउने भएका हुुन् ।

बैंकले विभिन्न प्रतिष्ठित व्यावसायिक संस्थाहरूसँग सहकार्य गरेको छ, जसअन्तर्गत, नेपमिड्स अनलाइन फार्मेसी, इजी केयर अनलाइन फार्मेसी, अल्मा आर्टिस (वाच कम्पनी), बाजेको सेकुुवा रहेका छन्् । यस सम्झौतापश्चात् मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकहरूले उल्लेखित कम्पनीहरूबाट सेवा सुविधा लिँदा १५ प्रतिशतसम्मको छुट पाउने व्यवस्था गरिएको छ ।

बैंकले ब्यालेन्स सर्टिफिकेट, चेक बुुक, गुुडफर मिन्ट चेक जारी शुल्क र अन्तरशाखा बैंकिङ कारोबार सेवा निःशुल्क गरेकोे छ । साथै बैंकको ग्राहकले भिसा नेटर्वकअन्तर्गत जुनसुकै बैंकको एटीएमबाट बिनाशुल्क रकम झिक्न सकिने बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिएका छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्