Techie IT
मंगलबार, असोज ६,२०७७

सामसङको ग्यालेक्सी नोट–२० र नोट–२० अल्ट्राको प्रि–बुकिङ खुल्ला


काठमाडौं, साउन २८
सामसङले हालै ग्यालेक्सी नोट–२० र नोट–२० अल्ट्राका स्मार्ट फोनहरुको प्रि–बुकिङ खुल्ला गरेको छ । ग्यालेक्सी नोट–२० को मूल्य नेपाली बजारमा एक लाख नौ हजार नौ सय ९९ रुपैयाँ रहेको छ भने ग्यालेक्सी नोट–२० अल्ट्राको मूल्य एक लाख ३९ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ । यी दुवै फोनको बुधबारदेखि भदौ १२ सम्म ग्राहकहरुले सामसङ ब्राण्डसप र रिटेल स्टोरहरुबाट बुकिङ गर्न सक्नेछन् ।

यी स्मार्टफोनको बुकिङसँगै आकर्षक अफरहरु पनि समावेश गरिएको छ । कम्पनीका अनुसार ग्यालेक्सी नोट–२० अल्ट्राको प्रि–बुकिङ गर्दा ग्यालेक्सी बड प्लस वा ग्यालेक्सी वाच ३ (४५एम एम) २९ हजार नौ सय ९९ रुपैयाँ खरिद गर्न र ग्यालेक्सी वाच ३ (४१ एमएम) २७ हजार नौ सय ९९ रुपैयाँमा खरिद गर्न वा सामसङ एलईडी टिभी (३२ इन्च) ८ हजार नौ सय ९९ रुपैयाँमा खरिद गर्न सकिन्छ ।

त्यसैगरी नोट–२० को प्रि–बुकिङमा ग्यालेक्सी बड प्लस वा ग्यालेक्सी वाच ३ (४५ एमएम) ३१ हजार ९ सय ९९ रुपैयाँमा खरिद गर्न र ग्यालेक्सी वाच ३ (४१ एमएम) २९ हजार नौ सय ९९ रुपैयाँमा खरिद गर्न वा सामसङ एलईडी टिभी (३२ इन्च) नौ हजार नौ सय ९९ रुपैयाँमा खरिद गर्न सकिनेछ । यसका साथै, प्रि–अर्डर गर्दा टर्किस एयरलाइन्सको बिजनेस क्लासको टिकट खरिदमा सात प्रतिशतसम्म छुट तथा इकोनोमिक्स क्लासको टिकट खरिदमा पाँच प्रतिशतसम्म छुट पाइनेछ भने सहुलियत दरमा वाटर फ्रन्ट रिसोर्टको रुमहरु उपलब्ध गराइनेछ ।

यसैगरी लेट मि इनको सेवामा छुट, सेलपेका प्रयोगकर्ताहरुलाई लोयल्टी प्वाइन्ट गिफ्ट पाइनेछ । यसैगरी प्रि–अर्डर गरेका ग्राहकहरुलाई एकपटकको टुटफुटमा एनएलजी इस्योरेन्सबाट एक वर्षको बीमा तथा विभिन्न बैंकबाट मासिक किस्तामा (ईएमआई) खरिद गर्न सकिने सुविधा पनि उपलब्ध हुनेछ । साथै अर्को स्टोर तथा आईएमएस स्मार्टमार्फत सामसङ स्मार्टफोनका ग्राहकहरुले एक्स्चेन्ज गर्न सकिने सुविधा छ ।

साथै अग्रिम अर्डर गर्ने ग्राहकहरु लक्की ड्रका लागि स्वतः योग्य हुनेछन्, जसमा विजेताहरुले टर्किस एयरलाइन्सको तर्फबाट ईयूका देशहरुमा दुईतर्फी बिजनेस क्लास टिकट, दोस्रो, तेस्रो तथा चौथो हुने ग्राहकहरुले ग्यालेक्सी बड प्लस, पाँचौँ र छैटौं हुने ग्राहकहरुले हिमालयन फ्रन्ट होटल वा केजीएच ग्रुपको वाटरफन्ट रिसोर्टमध्ये एकमा दुई रात बसाई एक जोडीलाई बीएण्डबीको बेसिसमा पाउनेछन् । सातौँ भाग्यशाली विजेताले लेट मि इनको तर्फबाट १० हजार बराबरको कुपन पनि पाउनेछन् ।

कम्पनीका अनुसार ग्यालेक्सी नोट–२० सिरिज मोबाइलहरुले कम्प्युटरजस्तै कार्य गर्न सक्दछन् । यो फोन नोट पारखीहरुलाई लक्षित गरी निर्माण गरिएको हो । यसलाई पारखीहरुको पावर र प्रोडक्टिभिटीको आवश्यकतालाई मध्यनजर गरी प्रस्तुत गरिएको हो । कम्पनीका अनुसार सामसङको लेटेस्ट नोट सिरिजमा कार्य गर्ने शैली पृथक् छ ।
यसको एडभान्स एस पेनले नियमित नोट प्रयोगकर्ताहरु एवं मल्टि–टास्करर्सलाई अनलिमिटेड राइटिङ अनुभव प्रदान गर्दछ । एस पेनमा भएको पाँच नयाँ एनिह्वेयर एक्सनले डिभाइसलाई टचलेस नेभिगेसन–जस्तै होम स्क्रिनमा जान वा स्क्रिनसट लिन झनै सहज बनाउँछ । कम्पनीका अनुसार सामसङ नोट एपहरुमा अटो सेभ तथा सिंकिङ क्षमताहरु पनि छन् । यसमा हातले लेखेको लेखाइलाई आकर्षक अक्षरहरुमा बदल्न सकिन्छ । साथै पिडिएफमा भएका विषय वस्तुहरुलाई सहजै हाइलाइट गर्न पनि सकिन्छ । साथै नोटको रुपमा अडियोलाई राख्न पनि सकिन्छ । माइक्रोसफ्टको योर फोन विन्डोज इन्टिग्रेशनको साथमा आफ्नो फोनलाई विना रुकावट विन्डो १० भएको कम्प्युटरबाट सहजै एक्सेस गर्न सकिन्छ ।

कम्पनीका अनुसार पूरै शक्तिशाली गेमिङ अनुभव प्रदान गर्ने उद्देश्यले यस फोनको इन्जिनियरिङ निर्माण गरेको छ । कम्पनीको फ्ल्यागसिप लेभलको प्रोसेसर, गेम बुस्टर तथा १२० हर्जको रेस्पोन्सिभ डिस्प्लेले वास्तवमै गेमिङको मज्जालाई माथिल्लो स्तरसम्म पु-याउँछ । यस सिरिजमा भएका प्रो ग्रेड टुल्सहरुले अद्वितीय फोटो खिच्न र सिनेम्याटिक स्टाइल भिडियोहरु बनाउन विशेष सहयोग पु-याउदछन् । दुवै फोन आकर्षक रंगमा उपलब्ध छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्