Techie IT
१९ साउन २०७८, मंगलबार

एफवान सफ्टले पायो दक्षिण पूर्वी एसिया व्यापार पुरस्कार


काठमाडौं, साउन २८
सफ्टवेयरको क्षेत्रमा अग्रणी कम्पनी एफवान सफ्ट इन्टरनेशनललाई दक्षिण पूर्वी एसिया व्यापार पुरस्कारबाट सम्मानित गरिएको छ । यो पुरस्कार बेलायतको अग्रणी बिजनेस पत्रिका एपीएसीले दक्षिण एसियाका व्यवसायहरूले विभिन्न क्षेत्रमा सिर्जना गरेको प्रभावका आधारमा हरेक वर्ष प्रदान गर्ने गर्दछ । कम्पनीका अनुसार यो कुनै पनि नेपाली कम्पनीले पहिलोपटक जितेको एक प्रतिष्ठित पुरस्कार हो ।

एफवान सफ्ट गु्रप अफ कम्पनीका अध्यक्ष विश्वास ढकालले भने, ‘हामी हाम्रो प्रयासअनुसार दक्षिण एसियाका प्रतिष्ठित कम्पनीमाझ अन्तर्राष्ट्रिय मान्यताप्राप्त भएकोमा गर्व गर्दछौँ । विश्वलाई विशेषगरी कोरोना भाइरस महामारीको समयमा अझ नविन सिर्जना गर्ने कम्पनीहरूको आवश्यकता छ ।’ अवार्ड संयोजक क्याथरिन बेन्टनले पनि एपीएसी इन्साइडरको तर्फबाट एफवान सफ्टलाई बधाई दिए । एफवान सफ्ट नेपालको सबैभन्दा ठुलो र अग्रणी डिजिटल वित्तीय सेवा कम्पनी हो । एफवान सफ्टले इसेवा र फोनपेजस्ता मोबाइलमार्फत हुने भुक्तानी र मोबाइल बैंकिङ सेवाको विकास गरेको छ, जुन नेपालका एक करोड व्यक्तिले प्रयोग गर्दछन् । कम्पनीले सात सय जनालाई रोजगारी प्रदान गरेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्