Techie IT
मंगलबार, असोज १३,२०७७

सेयर बजार पुुनः ओरालोतिर

झण्डै सात अंकले बजार ओरालो लाग्दा एक अर्ब २७ करोडको सेयर किनबेच


काठमाडौं, साउन २८
सेयर बजार पुुनः ओरालो लागेको छ । अघिल्लो दिन ३७ अंकले उकालो लागेको सेयर बजार परिसूचक साताको तेस्रो कारोबार दिन मंगलबार छ दशमलव ६१ अंकले ओरालो लागेर १४ सय २३ दशमलव ८१ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ३८ अंकले ओरालो लागेर दुुई सय ९७ दशमलव २७ अंकमा झरेको छ । यसदिन एक सय ९० वटा कम्पनीहरूको २५ हजार सात सय ७१ वटा कारोबारमा ३६ लाख ३० हजार आठ सय ४५ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

उक्त परिमाणमा सेयर खरिदबिक्री हुँदा कारोबार रकम एक अर्ब २७ करोड १७ लाख ३८ हजार नौ सय १४ रुपैयाँँ पुुगेको छ ।
यसदिन नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसअनुुसार सामूहिक लगानी कोष समूहको सूचक शून्य दशमलव शून्य अंकले उकालो लागेको छ भने बाँकी समूहको सूचक ओरालो लागेको छ ।

सोमध्ये वाणिज्य बैंक समूहको सूचक छ दशमलव ५४ अंकले ओरालो लागेर १२ सय १४ दशमलव २१ अंकमा झर्दा विकास बैंक समूहको सूचक नौ दशमलव ४२ अंकले ओरालो लागेर १७ सय ९२ दशमलव २७ अंकमा झरेको छ । जलविद्युुत् समूहको सूचक पनि एक दशमलव चार अंकले ओरालो लागेर नौ सय ६९ दशमलव आठ अंकमा झर्दा लघुुवित्त समूहको सूचक २१ दशमलव ५८ अंकले ओरालो लागेर दुुई हजार चार सय १२ दशमलव ३२ अंकमा झरेको छ ।

यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि तीन दशमलव २१ अंकले ओरालो लागेर छ हजार छ सय ९० दशमलव २१ अंकमा झर्दा जीवन बीमा समूहको सूचक पनि २३ दशमलव १४ अंकले ओरालो लागेर आठ हजार छ सय नौ दशमलव ३१ अंकमा झरेको छ । यीबाहेक ट्रेडिङ, होटल, फाइनान्स, उत्पादनमूलक र अन्य समूहको सूचक पनि क्रमशः १९ दशमलव २७, ४३ दशमलव २३, शून्य दशमलव छ, १६ दशमलव ९९ र शून्य दशमलव ५७ अंकले ओरालो लागेको छ ।

यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको अजोड इन्स्योरेन्स कम्पनीको सेयर मूल्य नौ रुपैयाँँ ९४ पैसाले बढेर पाँच सय ६४ रुपैयाँँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको स्वदेशी लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि नौ रुपैयाँँ ८१ पैसाले बढेर पाँच सय २६ रुपैयाँँमा किनबेच भएको छ । यीबाहेक युनाइटेड फाइनान्स, बेष्ट फाइनान्स आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको नेपाल फाइनान्सको सेयर मूल्य नौ रुपैयाँँ ८० पैसाले घटेर एक सय ८४ रुपैयाँँमा किनबेच भएको छ ।

दोस्रो स्थानमा परेको कालिका लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य पाँच रुपैयाँँ ४६ पैसाले घटेर सात सय ६२ रुपैयाँँमा किनबेच भएको छ । यीबाहेक नेपाल सेवा लघुवित्त वित्तीय संस्था, कर्णाली डेभलपमेन्ट बैंक आदिको सेयर मूल्य पनि घटेका छन् । यसदिन बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा नेपाल पुनर्बीमा कम्पनी परेको छ । उक्त कम्पनीको प्रतिकित्ता पाँच सय ९५ रुपैयाँँ अन्तिम मूल्यमा चार करोड एक लाख ५५ हजार ८७ रुपैयाँँको सेयर किनबेच भएको छ । दोस्र्रो स्थानमा परेको अजोड इन्स्योरेन्स कम्पनीको पनि पाँच सय ५६ रुपैयाँँ अन्तिम मूल्यमा दुुई करोड ४६ लाख ७० हजार नौ सय ७८ रुपैयाँँको सेयर किनबेच भएको छ । यीबाहेक एनआईसी एसिया बैंक, एनएमबी बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्