Techie IT
बुधबार, मंसीर १७,२०७७

ग्लोबल आईएमई बैंकको शाखा तनहुँको दुलेगौडामा


काठमाडौं ।
ग्लोबल आईएमई बैंक लिमिटेडले नयाँ शाखा विस्तार गरेको छ । बैंकले बिहीबारदेखि तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं. ४ को दुलेगौडामा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरूको संख्या दुुई सय ६३ पुगेको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले बैंकले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउन्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले ७२ वटा जिल्लामा फैलिएको दुुई सय ६३ शाखासहित दुुई सय ३८ एटीएम, ४५ एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर, दुई सय ३१ शाखारहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत आफ्ना २१ लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्