Techie IT
मंगलबार, मंसीर १६,२०७७

एभरेष्ट बैंकको मुुख्य शाखा दुुई दिनको लागि बन्द


काठमाडौं, साउन २७
एभरेष्ट बैंकको मुख्य शाखा दुुई दिनको लागि बन्द भएको छ । बैंकको लाजिम्पाटस्थित मुख्य कार्यालय र एक शाखामा कार्यरत दुई जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबार र मंगलबारका लागि ती शाखामार्फत हुुने कारोबार बन्द गरिएको बैंकले जानकारी दिएको छ । बैंक स्रोतका अनुसार शनिबार लाजिम्पाटस्थित सबै कर्मचारीहरूको पीसीआर टेस्ट गर्दा दुुई जनाको कोभिड १९ को रिर्पोट पोजेटिभ देखिएको थियो ।

उक्त रिर्पोटपश्चात् पोजेटिभ देखिएका दुवै कर्मचारीहरूलाई आईसोलेसनमा पठाइसकेको र आइतबार बैंकको सो कार्यालय ‘डिसइन्फेक्टेड’ गरिएकाले दुई दिनका लागि सेवा बन्द गरिएको बैंक स्रोतले बताएको छ । ती शाखाहरू बन्द भएपछि ग्राहकलाई आफूलाई पायक पर्ने अन्य शाखाबाट वित्तीय सेवा लिन बैंकले आग्रह गरेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्