Techie IT
शुक्रबार, असोज ९,२०७७

एनएमबी बैंकद्वारा नयाँ ब्याजदर सार्वजनिक


काठमाडौं, साउन २७
एनएमबी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन २६ गते अर्थात सोमबारबाट लागू हुुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले हाल ग्राहकहरूबीच ३७ प्रकारका साधारण बचत खाता सञ्चालन गरेको छ । यी खाताहरूमा बैंकले न्यूनतम एक प्रतिशतदेखि अधिकतम आठ दशमलव २५ प्रतिशतसम्म तोकेको छ । यसैगरी बैंकले व्यक्तिगत मुद्दतीमा पाँच दशमलव ५० प्रतिशतदेखि सात दशमलव ७५ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ भने संस्थागत मुद्दतीमा सात प्रतिशतदेखि सात दशमलव १० प्रतिशतसम्म ब्याज उपलब्ध गराउने घोषणा गरेको छ ।

बैंकको हाल बेसरेट आठ दशमलव ९५ प्रतिशत र स्प्रेड दर चार दशमलव पाँच प्रतिशत रहेको छ । कर्जातर्फ भने बैंकले हाल सबै प्रकारका गरी ५६ प्रकारका कर्जा योजनाहरू सञ्चालन गर्दै आएको छ । यसमा न्यूनतम १० दशमलव ९५ प्रतिशत देखि १३ दशमलव ९६ प्रतिशतसम्म ब्याज तोकिएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्