Techie IT
शुक्रबार, माघ ९,२०७७

महालक्ष्मी विकास बैंक र एसआरएलबीच सम्झौता


काठमाडौँ ।
महालक्ष्मी विकास बैंक लिमिटेड र एसआरएल डायगनोस्टिक (नेपाल) बीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरूका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले डायगनोस्टिकसँग आइतबार सम्झौता गरेको हो । सम्झौतापत्रमा बैंकका तर्फबाट महाराजगञ्ज शाखाका प्रमुख पल्लभ श्रेष्ठ र कम्पनीका तर्फबाट नायब बजार प्रमुख अजय यादवले हस्ताक्षर गरेका छन् ।

सम्झौताबमोजिम बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरू तथा कर्मचारीहरूले एसआरएल डायगनोस्टिकमा उपचार गराउँदा प्रयोगशाला परीक्षणमा छुट प्राप्त गर्न सक्नेछन् । सम्झौताअनुसार बैंकको डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरू साथै कर्मचारीहरूले प्रयोगशालाका सम्पूर्ण परीक्षणमा १५ प्रतिशत आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । देशभरि एक सय तीनवटा शाखाहरूबाट बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले आगामी दिनहरूमा उक्त कम्पनीसँग समन्वय गरी विभिन्न स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरू गर्दै जाने सहमति गरेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्