Techie IT
मंगलबार, माघ ६,२०७७

नेपाल इन्स्योरेन्सका सञ्चालक श्रेष्ठद्वारा राजीनामा


काठमाडौँ ।
नेपाल इन्स्योरेन्स कम्पनीका सञ्चालक रोमलकृष्ण श्रेष्ठले राजीनामा दिएका छन् । कम्पनीका अनुसार श्रेष्ठले दिएको राजीनामालाई कम्पनीको यही कात्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ । श्रेष्ठको राजीनामापश्चात् कम्पनीमा तत्कालको लागि छ सदस्यीय सञ्चालक समिति कायम रहेको छ । समितिमा अर्जुुन पौडेल शर्मा अध्यक्ष रहेका छन् भने विष्णु खेतान अग्रवाल, दिवाकर पौडेल, रामहरि न्यौपाने, लक्ष्मण पौडेल र विष्णुबहादुर केसी सञ्चालक रहेका छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्