Techie IT
बिहीबार, माघ ८,२०७७

शिवम् सिमेन्ट्सले नगद लाभांश दिने


काठमाडौं ।
शिवम् सिमेन्ट्स लिमिटेडले आ.व. २०७६/०७७ को पाँचौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीको वार्षिक साधारणसभा सोमबार कम्पनीको कर्पाेरेट कार्यालय काठमाडौंको अनामनगरको सभाहल तथा भर्चुअल मिटिङमार्फत सम्पन्न भएको हो ।

कम्पनीे सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र कुमार गोयलले आ.व. २०७६/०७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभाले कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पुँजी चार अर्ब ४० करोडको २४ दशमलव २१ (२४ दशमलव दुई एक) प्रतिशतका दरले सेयरधनीहरुलाई नगद लाभांश वितरण, आ.व. २०७७/०७८ का लागि लेखापरीक्षक नियुक्तिलगायतका सबै प्रस्तावहरु सर्वसम्मत पारित गरेको छ ।

कम्पनी सञ्चालक समितिका कार्यकारी गोयलको अध्यक्षतामा सम्पन्न उक्त सभामा सेयरधनीहरुको सक्रिय सहभागिता रहेको थियो । उक्त सभामा सेयरधनीहरुले दिएका राय, सुझाव, टिप्पणी, जिज्ञासाहरुलाई सञ्चालक समितिको तर्फबाट अध्यक्ष गोयलले जवाफ दिएका थिए । सेयर धनीहरुको सल्लाह, सुझाव तथा सुभेक्षाले गर्दा नै कम्पनीको प्रगति र लक्ष्य हासिल गर्न कम्पनीलाई थप हौसला मिलेको कम्पनीका अध्यक्ष गोयलले बताए । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्