Techie IT
शनिबार, माघ ३,२०७७

३७ अंकले उकालो लाग्यो सेयर बजार

एक सय ८९ कम्पनीको एक अर्ब ५५ करोड रुपैयाँको सेयर किनबेच


काठमाडौं, साउन २७
सेयर बजार परिसूचक उकालो लागेको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक ३७ दशमलव ७४ अंकले उकालो लागेर १४ सय ३० दशमलव ४१ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ६३ अंकले उकालो लागेर दुुई सय ९८ दशमलव ६४ अंकमा चढेको छ । यसदिन कुुल एक सय ८९ कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार ३४ हजार छ सय २३ वटा कारोबारमा ४२ लाख ५२ हजार आठ सय आठ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम एक अर्ब ५५ करोड ५५ लाख १८ हजार नौ सय २३ रुपैयाँ पुुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसमध्ये सामूहिक लगानी कोष समूहको सूचक शून्य दशमलव शून्य तीन अंकले ओरालो लागेको छ भने बाँकी समूहको सूचक उकालो लागेका छन् । तीमध्ये वाणिज्य बैक समूहको सूचक ३२ दशमलव ९३ अंकले उकालो लागेर १२ सय २० दशमलव ७६ अंकमा चढ्दा विकास बैंक समूहको सूचक ५५ दशमलव ४१ अंकले उकालो लागेर १८ सय एक दशमलव ६८ अंकमा चढेको छ ।

जलविद्युुत् समूहको सूचक पनि २३ दशमलव २३ अंकले उकालो लागेर नौ सय ७० दशमलव ११ अंकमा चढेकोमा लघुुवित्त समूहको सूचक पनि ७१ दशमलव ५७ अंकले उकालो लागेर दुुई हजार चार सय ३३ दशमलव ८९ अंकमा चढेको छ । यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि दुुई सय ८३ दशमलव आठ अंकले उकालो लागेर छ हजार छ सय ९३ दशमलव ४२ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि दुुई सय २३ दशमलव १५ अंकले उकालो लागेर आठ हजार छ सय ३२ दशमलव ४५ अंकमा चढेको छ । यीबाहेक ट्रेडिङ, होटल, फाइनान्स, उत्पादनमूलक र अन्य समूहको सूचक पनि क्रमशः १० दशमलव १४, ५८ दशमलव एक, सात दशमलव ६७, ५४ दशमलव ८६ र १२ दशमलव ६३ अंकले उकालो लागेका छन् ।

यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको स्वदेशी लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य नौ रुपैयाँ ८६ पैसाले बढेर चार सय ७९ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको अजोड इन्स्योरेन्स कम्पनीको सेयर मूल्य नौ रुपैयाँ ८५ पैसाले बढेर पाँच सय १३ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक एभरेष्ट इन्स्योरेन्स कम्पनी, सांग्रिला डेभलपमेन्ट बैंक आदि पनि बढी कमाउने कम्पनीको सूचीमा परेका छन् । गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको दिव्येश्वरी हाइड्रोपावर कम्पनीको सेयर मूल्य पाँच रुपैयाँ ७० पैसाले घटेर ४९ रुपैयाँ ९८ पैसामा किनबेच भएको छ । दोस्रो स्थानमा परेको गुराँस लघुुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य चार रुपैयाँ ७६ पैसाले घटेर आठ सय ८० रुपैयाँमा किनबेच भएको छ । यीबाहेक खानीखोला हाइड्रोपावर कम्पनी, बेस्ट फाइनान्स आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता पाँच सय ८९ रुपैयाँ अन्तिम मूल्यमा छ करोड ९२ लाख तीन हजार तीन सय ३८ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमान परेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता १३ सय ५६ रुपैयाँ अन्तिम मूल्यमा पाँच करोड ७५ लाख ७४ हजार तीन सय ६५ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक अजोड इन्स्योरेन्स कम्पनी, एनआईसी एसिया बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्