Techie IT
बिहीबार, असोज ८,२०७७

सनराइज बैंकको ४९औं शाखारहित बैंकिङ सेवा गुल्मीको फूलबारीमा


काठमाडौं, साउन २६
सनराइज बैंक लिमिटेडले गुुल्मीको फूलबारीमा पनि शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले वित्तीय सेवा नपुगेका विभिन्न स्थानहरूमा बैंकिङ सेवा पु-याउँदै जाने उद्देश्यका साथ मालिका गाउँपालिका–६, फूलबारी, गुल्मीमा ४९औं शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको हो । शुक्रबार आयोजित कार्यक्रममा विशिष्ट अतिथिका रूपमा मालिका गाउँपालिका अध्यक्ष रितबहादुर थापा र प्रमुख अतिथिका रूपमा मालिका गाउँपालिका वडा नं ६ अर्जैका वडा अध्यक्ष शोभाखर गिरीको उपस्थितिमा उद्घाटन भएको बैंकले जानकारी दिएको छ ।

सोही कार्यक्रममा बैंकका प्रदेश नं ५ का प्रमुख सुनिल मण्डलको अध्यक्षतामा विशिष्ट अतिथि र प्रमुख अतिथिद्वारा बैंकको शाखारहित बैंकिङ सेवा प्रतिनिधि श्रीमती रीमा गिरीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्दै कार्यक्रम सञ्चालन गरिएको जानकारी पनि बैंकले दिएको छ । उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाट समेत शाखारहित बैंकिङ सेवाअन्तर्गत एटीएम कार्डमार्फत कारोबार गर्न सकिने जनाइएको छ । यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीजस्ता सेवाहरू लिन सकिने जनाइएको छ ।

हालसम्म बैंकले एक सय ३४ वटा शाखा, ४९ वटा शाखारहित बैंकिङ सेवा, १० वटा एक्सटेन्सन काउन्टर र एक सय ६० वटा एटीएममार्फत आफ्ना छ लाख ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरू विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरूमा पनि बैकिङ सेवा सञ्चालन गर्दै जाने योजना रहेको जानकारी दिएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्