Techie IT
३१ असोज २०७८, आईतबार

मेट लाइफ र प्लान इन्टरनेसनलद्वारा राहत सामग्री वितरण


काठमाडौं, साउन २६
कोभिड १९ बाट प्रभावित समुदायमा रहेका जोखिम समूहसम्म पुग्नका लागि मेटलाइफ फाउन्डेसनले प्लान नेपालसँग सहकार्य गरेको छ । सोहीअनुुरूप प्लान नेपालले आयको स्रोत गुमाएका तथा कृषिमा निर्भर रहेका गरिब र जोखिममा रहेका परिवारलाई नगदेवाली तथा घरमा तरकारी उब्जाउनका लागि बीउबिजन तथा मलखादलगायत परम्परागत कृषि उपकरण प्रदान गरी सहयोग पु-याउने लक्ष्य राखेको छ ।

मेटलाइफ फाउन्डेसनले ४४ हजार अमेरिकी डलर आर्थिक सहयोग गरेको संयुक्त कार्यक्रमले प्लान नेपालले स्थानीय नेपाल सरकारसँग समन्वय गरी आयआर्जन नभएको र सीमित वैकल्पिक आयस्रोत भएका वा त्यस्तो वैकल्पिक आयस्रोत नै नभएका अत्यन्त जोखिममा रहेका परिवारको पहिचान गर्न मदत मेट लाइफले जानकारी दिएको छ ।

यसका अतिरिक्त प्लान नेपालले किशोरावस्थामा रहेका नारीहरूको विशेष आवश्यकता परिपूर्तिको सहयोग गर्ने र हात धुने उचित तरिका सिकाउने तथा नेपाल सरकारबाट निर्धारित समुदायको असल अभ्यासलाई मदत गर्ने कार्य जारी राख्नेछ । अन्ततः स्थानीय नेपाल सरकारसँग समन्वय गरी छनोट भएका परिवार, महिला मुली रहेका परिवार र आय नभई नेपालमा फर्किएका परिवारलगायत अत्यधिक जोखिममा रहेका परिवारहरूलाई संलग्न गराई महामारीबाट सिर्जित जोखिमको सामना गर्न साना व्यवसायीहरूका लागि साना व्यवसाय अनुदान प्रदान गरिनेछ ।

मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने, ‘कोभिड १९ का कारण हुनगएको लकडाउनले धेरै आर्थिक गतिविधिहरू बन्द भएका छन् । यसबाट दैनिक ज्यालाबाट गुजारा गरिरहेका न्यून आयस्रोत भएका र अनौपचारिक क्षेत्रका कामदारहरू सबैभन्दा बढी प्रभावित भएका छन् । हाम्रो समाजका अत्याधिक जोखिममा रहेका समूहलाई सहयोग गर्ने र यस्तो संकटको घडीमा पनि लैङ्गिक समानता बढाउने अवसरको प्रयोग गर्ने कार्यमा प्लान नेपाललाई फाउन्डेसनले सहयोग गरेको देख्न पाउँदा हामीलाई गर्व लागेको छ ।’

प्लान इन्टरनेसनल नेपालका सहायक आपत्कालीन प्रबन्धक, भुषण अर्याल भन्छन्, ‘आयस्रोत गुमाएका, दैनिक ज्यालादारीमा काम गरिआएका, विदेशमा रोजगारी गुमाई स्वदेशमा फर्किएका र हाल जीविकाका लागि कठिन संघर्ष गरिरहेका बाँके जिल्ला, वैजनाथ गाउँपालिकास्थित कोभिड १९ को महामारीबाट गम्भीर असर परेका गरिब र जोखिमयुक्त परिवारलाई सहयोग गर्न पाउँदा प्लान इन्टरनेसनल नेपाल खुशी छ ।

हामी हाम्रो साझेदार संस्था र स्थानीय सरकारसँगको नजिकको समन्वयमा निजहरूलाई कोभिड १९ को नकरात्मक प्रभावबाट बचाउन सहयोग गर्नेछौँ र परियोजना क्षेत्रमा सात हजार घरधुरीमा बस्ने ४० हजार मानिसहरूबीचमा कोभिड १९ संक्रमण रोक्नका लागि व्यापकरूपमा चेतना फैलाउन कार्य गर्नेछौँ ।’ (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्