Techie IT
बुधबार, कात्तिक ५,२०७७

ग्लोबल आईएमई बैंकको एक्सटेन्सन काउन्टर दाङको घोराहीमा


काठमाडौं, साउन २६
ग्लोबल आईएमई बैंक लिमिटेडले दाङको घोराहीमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार मालपोत कार्यालय, घोराहीका प्रमुख विनोदकुमार पौडेलले बैंकको ४०औं एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका हुुन् । बैंकले सेवाग्राहीको बढ्दो चापर विस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै दाङ जिल्लाको घोराही उप–महानगरपालिका वडा नं. १५ स्थित भूमिसुधार तथा मालपोत कार्यालय परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।

बैंकले मालपोत कार्यालयअन्तर्गतका सेवाग्राहीलगायत अन्य ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गर्ने प्रयोजनार्थ यस एक्सटेन्सन काउन्टर सुरु गरेको हो । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएको शाखा सञ्जालसहित दुुई सय ३४ एटीएम, ४० एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर, दुुई सय तीन शाखारहित बैंकिङ सेवा र तीन वटा अन्तर्राष्ट्रिय प्रतिनिधि/सर्म्पक कार्यालयमार्फत आफ्ना २० लाखभन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आइरहेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्