Techie IT
१८ माघ २०७९, बुधबार

होण्डाका दुई आकर्षक अफर


काठमाडौं । होण्डा टु ह्विलर्सको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले आफ्नो बाइकहरु होण्डा साइन र होण्डा ग्राजियामा दुईवटा आकर्षक उपहार योजनाहरु सार्वजनिक गरेको छ । योजनाअनुसार ग्राहकले अडर्र गरेका होण्डा साइनको कुनै पनि पार्ट्स ९९ घण्टाभित्र पाउनेछन् ।

यदि उक्त समयभित्र पार्ट्स आइपुगेन भने ग्राहकले आफूले चाहेको रकम मात्र तिर्न सक्नेछन् । यो छिटो सर्भिसको ग्यारेन्टीसहित लागतमा सुविधाको वैकल्पिक अफरको रुपमा छ । यस्तै होण्डा ग्राजियाको योजनामा, नयाँ होण्डा ग्राजिया खरिद गर्ने ग्राहकहरुले केवल एक रुपैयाँमा तीन वर्षको लागि सर्भिसिङ्ग र स्पेयर पार्ट्सको लाभ लिन सक्नेछन् । ग्राहकवर्गले एकदमै न्यूनतम खर्चमा यो उत्साहजनक र सरल सर्भिस पाउन सक्ने कम्पनीको दाबी छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्