नयाँ हुण्डाई भेन्यू नेपाली बजारमा सार्वजनिक

काठमाडौं । नेपालका लागि हुण्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले न्यू स्टाइल, न्यू स्टेटमेन्ट नाराका साथ नेपाली बजारमा नयाँ हुण्डाई भेन्यू सार्वजनिक गरेको छ ।
आफ्नो पहिलेको हुण्डाई भेन्यूको मोडलमार्फत नेपालभरका ग्राहकहरूको ध्यान तान्न सफल रहेको हुण्डाई भेन्यूको नयाँ र परिष्कृत मोडलले कम्प्याक्ट एसयूभीको प्रतिस्पर्र्धी बजारमा नयाँ आयाम स्थापित गर्ने विश्वास लिइएको छ । नयाँ भेन्यूले यसको आकर्षक डिजाइन, विशिष्ट सुविधाहरू, असाधारण क्षमता र उच्चतम सुरक्षाका कारण विश्वव्यापी रूपमा आफ्नो फरक पहिचान बनाउन सफल भएको छ ।
समयसापेक्ष प्रस्तुति र अत्याधुनिक विशेषताहरूसहित तयार गरिएको हुण्डाई भेन्यूले सबैको मन जित्नेमा कम्पनी विश्वस्त रहेको जनाएको छ । यो सेगमेन्टमै पहिलोपटक गाडीको पछिल्लो भागमा विस्तारित कनेक्टिङ एलईडी टेल ल्याम्पले नयाँ भेन्यूलाई विशिष्ट स्वरूप दिएको छ । त्यस्तै हुण्डाई भेन्यूको अघिल्लो भागमा रहेको पारामेट्रिक फ्रन्ट डार्क क्रोम ग्रिल, नयाँ बम्पर र स्किड प्लेट डिजाइनले यो गाडीलाई आधुनिक तथा स्पोर्टी लुक दिएको छ । यसमा रहेको डायमण्ड कट अलवे ह्विल्स, एलईडी प्रोजेक्टर ल्याम्पलगायतले नयाँ हुण्डाई भेन्यूको बाहिरी भागलाई समय सान्दर्भिक बनाएको छ ।
नयाँ हुन्डाई भेन्यूकोे फराकिलो बनावट र टु टोन व्ल्याक ग्रेज इन्टेरियरका कारण निकै नै आरामदायी छ । नयाँ हुन्डाई भेन्यूको विस्तारित बुट स्पेससहितको ६०ः४० स्पीट सिट, कप होल्डरसहितको रियर सेन्टर आर्मरेस्ट, दुईवटा रियर यूएसबी चार्जरलगायत सुविधाजनक चालक सिट, वायरलेस फोन चार्जरलगायतका सुविधाले हुण्डाई भेन्यूलाई एक उत्कृष्ट कम्प्याक्ट एसयूभीको रुपमा स्थापित गराउनेछ । साथै नयाँ हुन्डाई भेन्यूमा एमबियन्ट साउन्ड अफ नेचरको रुपमा नयाँ अडियो फिचर पनि समावेश गरिएको छ । यसले ग्राहकको ड्राइभिङ्ग अनुभवलाई शान्त र सहज बनाउने विश्वास गरिएको छ । १.२ लिटर पेट्रोल इन्जिन/१.० लिटर टर्बो इन्जिनले पावर गरिएको नयाँ हुन्डाई भेन्यू फाइभ स्पिड मेन्युअल तथा सेभेन स्पिड डीसीटीमा उपलब्ध छन् ।
ई, एस र एसएक्स गरी तीनवटा भेरियन्टमा उपलब्ध रहेको नयाँ हुन्डाई भेन्यूको प्रारम्भिक मूल्य ३९ लाख ९६ हजार रुपैयाँ कायम गरिएको छ । नेपाल सरकारले आयात प्रतिबन्ध खुकुलो पारेपछि नेपाली बजारमा लन्च भएको पहिलो गाडीहरूमध्ये एक रहेको हुन्डाई भेन्यूले नेपाली अटोमोबाइल क्षेत्रमा नयाँ आशा र उत्साहको सञ्चार गर्ने विश्वास गरिएको छ । हुन्डाई भेन्यूमा उत्कृष्ट ग्राहक सेवा र आफ्टर सेल्स सर्भिस पाइन्छ । कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरूमार्फत नेपालभरि नै सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङ्गको सेवा दिँदै आएको छ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : कर्पोरेट/वित्त
तपाईको कमेन्ट लेख्नुहोस्