Techie IT
शनिबार, मंसीर १३,२०७७

बीओकेको डिजिटल दक्षिणा उपहार


काठमाडौँ  ।
बैंक अफ काठमाण्डू (बीओके)ले डिजिटल दक्षिणामा उपहार योजना सार्वजनिक गरेको छ । बैंकले नेपालीहरूको आउँदै गरेको महान चाड बडादशंैको उपलक्ष्यमा आफ्ना मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई डिजिटल दक्षिणा योजनामा नगद उपहार दिने योजना सार्वजनिक गरेको हो । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै यस वर्षको बडादशैँमा व्यक्तिगत दूरी कायम गरी चाडपर्व मनाउन अनुरोध गर्दै बैंकले यस्तो उपहार योजना सार्वजनिक गरेको हो ।

बडादशंैमा साधारणतया आफ्नो मान्यजनहरूबाट आशीर्वाद लिई दक्षिणा स्वरूप पैसा लिनेदिने चलन चल्दै आएको थियो । व्यक्तिगत दूरी कायम राख्न सहयोग पुग्ने हेतुले बैंकले तीनमा तीन सय नगद उपहार योजना ल्याएको हो । साथै, चाडपर्वलाई हर्षोल्लासको साथ मनाउन बैंकको ग्राहकहरूले तीन पटक भिन्नभिन्न ब्यक्तिलाई बैंकको मोबाइल बैंकिङ प्रयोग गरी दक्षिणा प्रदान गर्दा एक हजार रुपैयाँ वा सोभन्दा बढी भएमा तीन सय रुपैयाँ नगद उपहारका लागि ग्राहकहरू योग्य हुनेछन् । जसको कारणले विश्वमा नै फैलिरहेको कारोना भाइरस रोकथामको लागि सहयोग पुग्नुको साथै चाडबाडलाई कारोना भाइरस संक्रमणको बाहक हुन नदिनको ग्राहकहरूलाई दक्षिणा दिँदा बैंकको मोबाइल बैंकिङ प्रयोग गरी नगद उपहारबाट लाभान्वित हुन समेत बैंकले अनुरोध गरेको छ ।

यसको लागि ग्राहकहरूले बैंकको मोबाइल बैंकिङको प्रयोग गरी कम्तीमा तीन पटक रकमान्तर गर्नुपर्ने, ग्राहकहरूले रकमान्तर गर्दा दक्षिणा प्राप्त गर्ने व्यक्ति फरकफरक हुनुपर्ने, उक्त दक्षिणा प्रदान गर्दा ग्राहकहरूले तीन कारोबार गर्दा एक हजार रुपैयाँ वा सोभन्दा बढी हुनुपर्ने, ग्राहकहरूले दक्षिणा दिँदा बैंकको मोबाइल बैंकिङमा भएको फोनपेमार्फत आफ्नै बैंक तथा अन्य बैंकमा भएको खातामा दक्षिणा स्वरूप रकमान्तर गर्नुपर्ने, ग्राहहरूले दक्षिणा कारोबारको विवरणमा दक्षिणा राख्नुपर्नेलगायतका सर्तहरू तोकिएको बैंकले जानकारी दिएको छ । बैंकका अनुसार यो योजनामा सहभागी हुन ग्राहकहरूले नेपालीहरूको महान चाड विजया दशमीको दिनबाट रकमान्तर गर्नुपर्नेछ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्