Techie IT
बिहीबार, असोज १५,२०७७

मुक्तिनाथ विकास बैंक र हाउस अफ इन्टेरियरबीच सम्झौता


काठमाडौं, साउन २५
मुक्तिनाथ विकास बैंक र हाउस अफ इन्टेरियरबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरूलाई कम्पनीले दिने सेवामा तोकिएका शुल्कमा विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा बैकले हस्ताक्षर गरेको हो । सम्झौतामा हाउस अफ इन्टेरियरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमेर ज्ञवाली र बैंकका तर्फबाट नायब सहायक प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङले हस्ताक्षर गरेका हुुन् । सम्झौतापश्चात् बैंकका ग्राहकहरूले हाउस अफ इन्टेरियरका सेवाहरूमा इन्टेरियर प्रोडक्ट, इलेक्ट्रीसिटी, मार्बल, फर्निचरलगायतका सामान तथा डिजाईनमा आकर्षक छुट पाउनेछन् ।

बैंकले हाल ४२ जिल्लामा एक सय ३८ वटा शाखाहरूमार्फत ग्राहकका आवश्यकताबमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरू प्रदान गर्दै आइरहेको छ । बैंकले ब्यालेन्स सर्टिफिकेट, चेक बुुक, गुुड फर पेमेन्ट चेक जारी शुल्क र अन्तरशाखा बैंकिङ कारोबार सेवा निःशुल्क गरेकोे छ । साथै बैंकको ग्राहकले भिसा नेटवर्कअन्तर्गत जुन सुकै बैंकको एटीएमबाट बिनाशुल्क रकम झिक्न सकिने बैंकले जानकारी दिएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्