Techie IT
शुक्रबार, असोज ९,२०७७

तिनाउ मिसन डेभलपमेन्ट बैंकको लाभांश स्वीकृत


काठमाडौं, साउन २५
तिनाउ मिसन डेभलपमेन्ट बैंकको लाभांश स्वीकृत भएको छ । नेपाल राष्ट्र बैंकले यसअघि तिनाउ मिसनको सञ्चालक समितिले प्रस्ताव गरेर पठाएको १२ प्रतिशत बोनस सेयरको प्रस्ताव स्वीकृत गरेको हो । बैकले हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट १२ प्रतिशतको अनुपातमा १३ करोड ७३ लाख एक सय ७५ रुपैयाँबराबरको बोनस सेयर बितरण गर्ने प्रस्ताव गरेको थियो । चुक्ता पुँजी एक अर्ब ६७ करोड ५८ लाख २७ हजार २५ रुपैयाँ ७६ पैसा रहेको रहेको बैंकको बोनस सेयर वितरणपश्चात् भने चुक्ता पुँजी एक अर्ब ८१ करोड ३१ लाख २७ हजार रुपैयाँ पुुग्नेछ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्