Techie IT
बिहीबार, कात्तिक १३,२०७७

सेञ्चुरी बैंकद्वारा थ्रीडी सेक्युअर भिसा डेबिट, क्रेडिट र ट्राभल कार्ड सेवा प्रारम्भ


काठमाडौं, साउन २५
आफ्ना ग्राहकहरूको लागि सधैँ उच्च गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध सेञ्चुरी कमर्सियल बैक लिमिटेडले आइजिइलेन्ट टेक्नोलोजी इण्डियासँगको सहकार्यमा थ्रीडी सेक्युर सेवा प्रारम्भ गरेको छ । उक्त सम्झौताअनुसार सेञ्चुरीको भिसा डेबिट, क्रेडिट तथा ट्राभल कार्डबाट पैसा निकाल्न र सामान खरिद गर्न मात्र सीमित नभई अब यी कार्डहरूबाट विभिन्न अनलाइन माध्यमबाट पनि सजिलै र सुरक्षितरूपमा सामान खरिद गर्न सकिन्छ । थ्रीडी सेक्युर सेवामा ग्राहकहरूले कार्ड प्रयोग गर्दा वन टाइम पासर्वड (ओटीपी) आफ्नो आधिकारिक मोबाइल वा इमेलमा प्राप्त गर्न सक्नेछन् । थ्रीडी सेक्युर सेवा कार्ड र ओटीपी दुवै आवश्यक पर्ने हुँदा कारोबार पूर्णरूपले सुरक्षित हुने बैंकले जानकारी दिएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्