Techie IT
२ असोज २०७८, शनिबार

रिलायन्स लाइफको नाफा चार करोड ३३ लाख


काठमाडौं, साउन २५
रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा चार करोड ३३ लाख ७६ हजार रुपैयाँ खुुद मुनाफा आर्जन गरेको छ । हाल चुक्ता पुँजी एक अर्ब ४७ करोड रुपैयाँ रहेको संस्थाले अघिल्लो आवको सोही अवधिमा दुई करोड ९२ लाख १९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा एक अर्ब ३६ करोड ८९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो बीमाशुल्क कम्पनीको अघिल्लो आवको सोही अवधिको तुलनामा ८७ दशमलव २३ प्रतिशत बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ७३ करोड ११ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीले छिटै नै ६३ करोड रुपैयाँबराबरको ६३ लाख कित्ता साधारण सेयर जारी गर्ने तयारी गरेको छ । (आर्थिक दैनिकबाट)

 

 


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्