Techie IT
२२ मंसीर २०७९, बिहीबार

टीभीएसको ‘कायापलट’ योजनामा विराटनगरका पाण्डेले जिते १० लाख


काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ल्याएको ‘कायापलट’ नामको विशेष योजनामा विराटनगरका मुरारी पाण्डेले १० लाख रुपैयाँ जितेका छन् ।

कम्पनीले उक्त योजना सर्वाजानिक गरेको एक महिना पनि नपुग्दै पाण्डेले केशरीचन्द भंवरलाल एण्ड कम्पनीबाट टीभीएस रेडर नकिन्दै पाँच हजार र किनेपछि दश लाख नगद रुपैयाँ पुरस्कार जित्न सफल भएका हुन् । साथै जनकपुरका राजदेव मुखियाले आरएन अटोमोबाइल्सबाट टीभीएस रेडर खरिद गर्दा शतप्रतिशत क्यासब्याक पाउन सफल भएका छन् ।

यसैगरी धापासी निवासी भुजेन्द्र सारु मगरले पनि बौद्ध टुसालको अटो साउन्ड ट्रेडर्स प्रालिबाट एन्टर्क १२५ रि एफआई स्कुटर खरिद गर्दा शतप्रतिशत क्यासब्याक पाएका छन् । कम्पनीका अनुसार हालसम्म लगभग २० जनाले मोबाइल फोन र त्यति नै ग्राहकहरुले लाखौँको नगद उपहार पाएका छन् । ‘कायापलट’ योजनाअन्तर्गत ग्राहकले टीभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँच पटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्छन् । यो योजनामा नकिन्दै एक लाख र खरिद गरेपछि दश लाखसम्म जित्ने मौका छ ।

यस्तै हरेक दिन योजनाबारे सोधपुछ गर्ने एक भाग्यशाली विजेतालाई रियलमी सी३० स्मार्टफोन प्रदान गरिन्छ । साथै हरेक हप्ता एक खरिदकर्तालाई सम्पूर्ण नगद फिर्ता गर्ने र एक भाग्यशाली विजेतालाई बम्पर उपहार ५० लाख रुपैयाँको नगद पुरस्कार उपलब्ध गराइने कम्पनीले जनाएको छ । यो योजनामा बबाल फाइनान्स अफर पनि समावेश छ । जसअन्तर्गत २० प्रतिशत डाउनपेमेन्ट वा चार हजार दुई सय रुपैयाँको मासिक ईएमआईमा बाइक तथा स्कुटर किन्न सकिनेछ ।

यो योजना देशभर सीमित अवधिको लागि उपलब्ध हुने बताइएको छ । साथै विजेताहरूको घोषणा प्रत्येक मंगलबार लक्की ड्रमार्फत साँझ ५ बजे जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण हुँदै आएको छ ।(आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्