Techie IT
मंगलबार, कात्तिक ४,२०७७

बजार परिसूचक १३ सय ८१ बिन्दुमा

चार दिनमा पाँच अर्ब २८ करोड रुपैयाँको सेयर खरिदबिक्री


काठमाडौं, साउन २५
यस साता सेयर बजार परिसूचक १३ सय ८१ दशमलव ३७ अंकमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुुई सय ८९ दशमलव ५५ अंकमा पुुगेर रोकिएको छ । यस साता धितोपत्र बजारमा एक सय ७४ कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार ८५ हजार छ सयवटा कारोबारमा एक करोड ५७ लाख ९३ हजार नौ सय ७० कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम पाँच अर्ब २८ करोड ६४ लाख ५५ हजार पाँच सय ६५ रुपैयाँ पुुगेको छ ।

कारोबार रकम गत साताको तुुलनामा कम हो । गत साता भने धितोपत्र बजारमा एक सय ७५ कम्पनीहरूको कारोबार भएका थिए । जसअनुुसार एक लाख २९ हजार एक सय ७८ वटा कारोबारमा एक करोड ९२ लाख ७५ हजार ३५ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम आठ अर्ब दुई करोड २३ लाख ४० हजार सात सय ४४ रुपैयाँ पुुगेको थियो ।

यस साता नेप्सेको नियमित कारोबार कक्ष चार कार्यदिन मात्र खुला रहेको थियो । सोमध्ये पहिलो, चौथो र पाँचौँ दिन बजार परिसूचक ओरालो लागेको थियो भने दोस्रो दिन बजार परिसूचक उकालो लागेको थियो । जसमध्ये पहिलो दिन बजार परिसूचक ४२ दशमलव ७८ अंकले ओरालो १३ सय ९६ दशमलव २८ अंकमा झरेको थियो । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव १८ अंकले ओरालो लागेर दुुई सय ९२ दशमलव ७७ अंकमा झरेको थियो ।

दोस्रो दिन भने बजार परिसूचक सात दशमलव ५९ अंकले उकालो लागेर १४ सय तीन दशमलव ८६ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४७ अंकले उकालो लागेर दुुई सय ९४ दशमलव २४ अंकमा चढेको थियो । तेस्रो दिन भने सार्वजनिक बिदा परेका कारण नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो ।

चौथो दिन भने बजार परिसूचक २१ दशमलव दुुई अंकले ओरालो लागेर १३ सय ८२ दशमलव ६६ अंकमा झर्दा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६१ अंकले ओरालो लागेर दुुई सय ९६ दशमलव ७३ अंकमा झरेको थियो । अन्तिम कारोबार दिन पनि बजार परिसूचक एक दशमलव २९ अंकले ओरालो लागेर १३ सय ८१ दशमलव ३७ अंकमा झरेको थियो । उक्त दिन सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ६३ अंकले ओरालो लागेर दुई सय ८९ दशमलव ५५ अंकमा झरेको थियो ।

यस साता बढी रकम कारोबार गर्ने नेपाल पुनबीर्मा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, प्रभुु बैंकको संस्थापक सेयर आदि परेका छन् । कारोबार भएको सेयर संख्याको आधारमा पनि यस साता नेपाल पुनर्बीमा कम्पनी, एनएमबी बैक, एनआईसी एसिया बैंक, नेपाल बैंक आदि परेका छन् ।

बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका कम्पनीहरू अगाडि परेका छन् । यस साता नेप्सेमा समिट लघुुवित्त वित्तीय संस्था, सोल्टी होटल, साधना लघुुवित्त वित्तीय संस्था, प्रभुु बैंकको संस्थापक सेयर, कुमारी बैंकसहितका सातवटा संस्थाको बोनस, साधारण तथा प्राप्तिपश्चात् कायम भएको सेयर सूचीकृत भएका छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्