Techie IT
मंगलबार, मंसीर १६,२०७७

‘टीभीएस दशैँको आशा’ स्किमअन्तर्गत पहिलो हप्ताको विजेता छनोट


काठमाडौं ।
जगदम्बा मोटर्स प्रालिले टीभीएस दशैंको आशा योजनाअन्तर्गत पहिलो हप्ताको विजेता छनौट गरेको छ । हरेक हप्ता एभिन्यूज टेलिभिजन र टीभीएसको फेसबुकमा प्रत्यक्ष प्रसारणमार्फत गरिने गोलाप्रथाबाट बालाजु निवासी अमृतजंग सिटौला पहिलो हप्ताको विजेता बन्न सफल भएका छन् । उनले टीभीएसको नक्साल शोरुमबाट टीभीएस अपाचे आरआर ३१० जितेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस योजनामा सहभागिता जनाउन टीभीएसको मोटरसाइकल खरिद गरेकै हुनुपर्ने भन्ने छैन । यस योजनाअन्तर्गत टीभीएसको कुनै पनि मोटरसाइकल खरिदमा नगद छुटको रूपमा नौ हजार र स्कुटरको खरिदमा सात हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सक्ने छन् भने ५० प्रतिशत डाउनपेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले शून्य प्रतिशत ब्याजदरमा खरिद गर्न सक्नेछन् ।

यी दुईमध्ये कुनै एक स्किम ग्राहकले छनोट गर्न पाउने सुविधा कम्पनीले दिएको छ । बम्पर उपहारका रूपमा, हरेक हप्ता एक जनाले जित्न सक्ने आरआर ३१० टीभीएसकै सबैभन्दा महंगो मोटरसाइकल हो । हरेक हप्ता हुने लक्की ड्रमा भाग लिन चाहने जो कोहीले पनि टीभीएस नेपाल डट कम/दशैमा गएर फारम भर्नुपर्नेछ । यसमा मोटरसाइकल नकिन्नेले पनि आफ्नो नाम रजिस्टर गर्नसक्ने छन् भने आरआर ३१० जित्ने अवसर पाउनेछन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्