Techie IT
बिहीबार, मंसीर १८,२०७७

बजाजले ल्यायो नयाँ एभेन्जर स्ट्रिट १६० एबीएस


काठमाडौं ।
बजाज मोटरसाइकलका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नेपालमा नयाँ एभेन्जर स्ट्रिट १६० एबीएस भित्र्याएको छ । नयाँ एभेन्जर स्ट्रिट १६० स्पोट्र्स डिजाइनमा आएको कम्पनीको भनाइ छ । यसमा रोडस्टर डिजाइनको हेडल्याम्प छ । एलईडी डीआरएलका साथ यसले दीर्घकालीन छाप सृजना गर्ने कम्पनीले जनाएको छ ।

यसमा सहर र हाईवेका लागि सहज गतिशीलता प्रदान गर्न स्ट्रिट कन्ट्रोल ह्यान्डल बारहरु पनि छन् । कम्पनीका अनुसार यो १६०सीसी डीटीएस—आई इन्जिनद्वारा सञ्चालित छ । यसले १६०ः१५ पीएस पावर र १३.५ एनएम टर्क उत्पादन गर्दछ । यसले ५—स्पिड म्यानुअल ट्रान्समिसन पनि प्रयोग गर्दछ । सुरक्षाका लागि बजाज एभेन्जर स्ट्रिट १६० अगाडि २८० एमएम डिस्क ब्रेक र पछाडि भागमा १३० एमएम ड्रम ब्रेकको साथ आउँछ ।

ब्रेकका इकाइहरु मानकको रुपमा एकल च्यानल एबीएससँगै छन् । चालकको आरामको लागि यो लामो स्लंग, लामो सिट र अद्वितीय विस्तारित फुटरेस्ट स्थानमा साथ आउँछ । नयाँ एभेन्जर स्ट्रिट १६० स्पाइसी रेड र इबोनी ब्ल्याक कलर भेरियन्टमा सुरुवाती मूल्य तीन लाख १९ हजार नौ सय रुपैयाँ कायम गरिएको छ । बिहीबारबाट यो बाइक देशभर उपलब्ध रहेको कम्पनीले जनाएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्