Techie IT
शुक्रबार, मंसीर १२,२०७७

भायानेटको चाडपर्वको अफर ‘भायानेट बडा दशैँमा बडा टिभी’


काठमाडौं ।
भायानेटले आफ्ना ग्राहकहरुको लागि यस वर्षको चाडपर्वको अफर ‘भायानेट बडा दशैँमा बडा टिभी’ ल्याएको छ । कम्पनीका अनुसार नेपालीहरुको महान् चाड दशैं र तिहारको उपलक्ष्यमा ‘भायानेट बडा दशैँमा बडा टिभी’ नामक योजनामा ग्राहकहरुलाई टेलिभिजन सेट र क्यास भाउचर प्रदान गरिनेछ ।

यस योजनाअन्तर्गत, भायानेटका ग्राहकहरुले ४३ इन्च स्काईवर्थ एलईडी टिभीको साथ ३० एमबीपीएस इन्टरनेटको वार्षिक प्लान र भायाटिभी सेवा मात्र ४१ हजार नौ सय ९० रुपैयाँमा प्राप्त गर्नेछन् । यसैगरी ३२ इन्च स्काईवर्थ एलईडी टिभीको साथ ३० एमविपिएस इन्टरनेटको वार्षिक प्लान र भायाटिभी सेवा मात्र २८ हजार नौ सय ९० रुपैयाँ प्राप्त गर्नेछन् ।

यसका साथै चाडपर्वलाई अझै रमाइलो बनाउन भायानेटले इसेवाको छ सय ५० रुपैयाँसम्मको क्यास भौचर प्रदान गर्दै छ भने पुराना ग्राहकहरुले थप छ सय रुपैयाँसम्मको छुट पनि प्राप्त गर्नेछन् । ग्राहकहरुले यस अफरबाट टेलिभिजन सेटमा मार्केट रेटको दाँजोमा ३५ प्रतिशतभन्दा बढीको छुट पाउने भायानेटको दाबी छ ।

भायाटिभीको सेवाका साथ अब युट्युब उपलब्ध हुने भएकोले अफरमा प्रदान गर्ने एलईडि टिभीमा स्मार्ट टिभीको फिचरको मजा लिन सकिनेछ । भायानेट आफ्ना ग्राहकहरुलाई चाडपर्वको अवसरमा विभिन्न अफरहरु ल्याउँदै आएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्