सिटिजन्स लाइफ र एनआईबीएल एस क्यापिटलबीच सम्झौता
काठमाडौं ।
सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी र एनआईबीएल एस क्यापिटल लिमिटेडबीच सम्झौता भएको छ । कम्पनीले निकट भविष्यमा नै जारी गर्ने साधारण सेयरको लागि एनआईबीएलसँग बिक्री प्रबन्धकको सम्झौता गरेको हो ।
सम्झौतापत्रमा कम्पनीका तर्फबाट प्रमुुख कार्यकारी अधिकृत पोषकराज पौडेल र एनआईबीएलका तर्फबाट नायब प्रमुुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् । कम्पनीले निकट भविष्यमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ७५ करोड रुपैयाँबराबरको ७५ लाख कित्ता साधारण सेयर जारी गर्नेछ ।
हाल चुक्ता पुँजी एक अर्ब ७५ करोड रुपैयाँ रहेको कम्पनीको साधारण सेयरको बिक्रीपश्चात् भने चुक्ता पुँजी दुुई अर्ब ५० करोड रुपैयाँ पुग्नेछ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा २० करोड सात लाख १८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १५ करोड ३६ लाख छ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : कर्पोरेट/वित्त
तपाईको कमेन्ट लेख्नुहोस्